बैंकिङ अवधारणा र विकास - Loksewa Tayari - Aakriti's Blog



 (१) बैकिङ अवधारणा र विकास





'बैंक' शब्दको जन्म (Origin of Bank)


वर्तमान अर्थतन्त्रमा मुद्राको ठूलो महत्त्व रही आएको छ । असंगठित बैंकिङ पद्धतिको उत्पत्ति प्राचिन समयमै भएको पाइन्छ । मुद्राको उत्पत्तिसँगै कर्जा लेनदेनको व्यवहार पनि प्राचिनकालदेखि नै चल्दै आएको मान्न सकिन्छ । बैंक शब्दको उत्पत्तिको इतिहासलाई खोतल्ने हो भने 'बैंक' शब्दको जन्मको बारेमा विद्धानहरूबीचमा मतभिन्नता रहेको पाइन्छ | Bank भन्ने शब्दको विकास इटालियन भाषाको Banco बाट भएको अनुमान धेरै अर्थशास्त्रीहरूले गरेको पाइन्छ । जसको अर्थ बेन्च हुन्छ जहाँ प्राचीनकालका सराफी तथा Gold Smith हरू पैसा राखेर गन्ने तथा लेनदेन कारोबार गर्दथे । यसै कारोबारपछि विकसित भई Bank भन्ने अवधारणा विकसित भएको भन्ने अनुमान गरिएको छ। त्यस्तै अंग्रेजी शब्द 'Bank' निर्माणमा ल्याटिन शब्द 'Bancus' (एउटा वेञ्च हो, जसमा बसेर बैंकरहरूले आफ्नो रकम पैसा र अभिलेख राख्ने), फ्रेन्च शब्द 'Banque' र इटालियन शब्द 'Banca' (त्यस्तो बेञ्च हो, जहाँ बसेर रकम पैसा राख्ने लगानी एवं विनिमय जस्ता काम सुनार सराफीहरूले गर्थे र त्यस्तै जर्मन शब्द 'Banck' ( सामुहिक पूँजी) को भूमिका रहेको देखिन्छ ।


प्रसिद्ध अर्थशास्त्रीहरूले फोनिसिया (Phoenicia), चाल्दिया (Chaldea) र मिश्र (Egypt) मा प्रारम्भिक बैंक भन्ने चर्चा गरेका छन् भने प्राचीनकालमा रोममा पनि बैंकिङ कारोबारको प्रारम्भ भएको थियो । ई. सं. २००० वर्ष पहिले पनि Babylona मा बैंकिङ कारोबार गरेका थिए भन्ने चर्चा पाइन्छ । आधुनिक बैंकिङ प्रणालीको उपयुक्त विकास थालनीमा सन् १९४८ मा Genoa मा Casa de San Giorgio Bank र सन् ११५७ तिर Bank of Vanice को स्थापना भएको थियो । त्यसैगरी सन् १३०१ मा  Barcelona Bank र सन् १४०७ मा Bank of Geneva को स्थापना भएको पाइन्छ । सन् १६०९ मा Holland मा Bank of Amsterdam, सन् १६१९ मा Germany मा German Bank of Hemburgeg र सन् १६९४ मा England मा Bank of England को स्थापना भएको थियो । सन् १७९१ U.S.A मा Bank of United States को स्थापना गरी त्यसको पूँजी बराबरको रकमसम्म नोट छाप्न सक्ने अधिकारसमेत दिइएको थियो । यसरी नै विश्वमा आधुनिक बैंकिङ प्रणालीको थालनी भएको पाइन्छ ।


'बैंक' को अर्थ (Meaning of a Bank)


सामान्यतया पैसा र मूल्यवान सम्पत्ति सुरक्षित राखी ग्राहकको आदेशअनुसार पैसा भुक्तानी दिने संस्थालाई बैंक भनिन्छ । अर्थात् बैंक त्यो संस्था हो जसले विभिन्न खातामा जनताबाट मुद्रा जम्मा गरी जनतालाई सुरक्षित जमानतमा कर्जा दिन्छ र जम्माकर्तालाई चेकद्वारा रूपैया निकाल्ने सुविधा दिन्छ, साखको निर्माण गर्दछ र एजेन्सी सम्बन्धी वा अन्य उपयोगी कार्य गर्दछ । अर्थतन्त्रका बचत कारोबार (Saving), ऋण कारोवार (Credits) तथा भुक्तानी सेवा (Payments Services ) जस्ता वित्तीय काम कारवाही तथा क्रियाकलापहरू व्यापक रुपमा सरोकारवालाहरूकाबीच सम्पादन गर्ने गराउने संस्था नै वास्तवमा बैंक हो ।


अर्को शब्दमा भन्नुपर्दा बैंक भन्नाले मुद्राको कारोवार गर्ने विश्वास प्राप्त सेवा व्यवसाय (Service Industry) गर्ने संस्था बुझिन्छ, जसले आवश्यकताअनुसार साख सिर्जना, विप्रेषण जस्ता कारोबार लगायत अन्य व्यापारिक तथा एजेन्सी व्यवसायसमेत संचालन गर्दछन् । यहाँनेर मुद्राको कारोबार भन्नाले तरल सम्पत्ति (निक्षेप) स्वीकार गर्ने जसमा व्याज प्रदान गर्ने वा नगर्ने, सेवा शुल्क लिने वा नलिने पनि हुन सक्दछ । यसरी स्वीकार गरिएको वा आफूले जम्मा गरेको तरल सम्पत्ति व्याज लिई वा नलिई कर्जा प्रवाह गर्ने कार्यलाई बैंकिङको रूपमा लिन खोजिएको छ । त्यसैले बैंक भन्नाले निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने प्रमुख दुई कार्यका साथै साख सिर्जना, विप्रेषण एजेन्सी तथा अन्य वित्तीय कारोबार गर्ने संस्थालाई बुझिन्छ । यस संस्थाले जहिले पनि जनविश्वास अनुसार नगद कारोबार गर्नुपर्दछ । साथै अन्य वित्तीय सेवाहरू जस्तै वित्तीय सल्लाहकार, अन्य वित्तीय सेवाहरू जस्तै जीवन तथा निर्जीवन बीमा बिक्री, अवकास योजना बिक्री र ग्राहकको पूँजीको व्यवस्थापन गर्ने आदि गर्दछ ।


'बैंक' को ऐतिहासिक पृष्ठभुमि (Historical Background of a Bank)


बैंकिङ व्यवसायको उत्पत्तिको समय एकिन गर्न कठिन छ । समाजको विकास क्रमसँगै मानिसहरू समूहमा बस्न र आफ्नो उद्योग व्यवसाय संचालन गर्न थाले । त्यसपछि उनीहरूका आवश्यकताहरू बढ्दै गए । आफूले आर्जन गरेको सम्पत्तिलाई संरक्षण गर्नु पर्दछ, भन्ने अवधारणाको विकास भयो र आफ्नो विश्वास लागेको मानिसलाई तरल सम्पत्ति वा सुन चाँदी सुरक्षित राख्न दिने प्रचलन विकसित भयो । तत्कालिन समयमा merchants (जसले व्यापारिक कारोबार गर्दथे । उनीहरू बढी विश्वासिला भए र सबैले आफ्नो सम्पत्तिको सुरक्षणको जिम्मा उनीहरूलाई नै लगाउन थाले । उनीहरूसँग जनसाधारणले सम्पत्ति राखी दिन अनुरोध गर्न थाले । त्यसपछि Merchants ले सम्पत्ति राख्न ल्याउनेलाई निस्साको रूपमा कागजमा लेखेर दिन र लिन थाले । जुन कालान्तरमा गएर निक्षेप भौचर र चेकको रूपमा विकसित भयो ।


साथै मानिसहरू आफ्नो गर्जो फुकाउनका लागि सापट पनि लिन थाले । कालान्तरमा व्यवसायिक कारोवारको प्रचलन बढ्दै गएपछि सो व्यवसाय संचालनका लागि पूँजीको खाँचो पनि बढ्दै गयो । यसको फलस्वरूप मानिसहरूले आफ्नो गर्जो फुकाउनका लागि स्थानीय साहुकार (Money Lender जोसँग सम्पत्ति छ) सँग सापट लिने प्रचलन पनि विकसित हुँदै गयो, कारोबार बढ्दै गयो र नयाँ अवधारणा विकसित भयो । यी Money Lender ले अरूलाई प्रारम्भमा बिना व्याज पूँजी उपलब्ध गराएपनि विस्तारै केही रकम असूली गर्न थाले जसलाई पछि गएर कर्जाको ब्याज (Credit Rate) भन्न थाले । 



सापट लिनेसँग लिएको शुल्क आफूले मात्र राख्दा तरल सम्पत्ति राख्न ल्याउनेलाई ठगे जस्तो हुने भएपछि उनीहरूलाई पनि केही हिस्सा दिन थाले । पछि आएर सो (Deposit Rate) निक्षेप दरमा परिणत भयो । यसरी कर्जादर तथा निक्षेपदरको विकास भएको पाइन्छ ।


सुनको व्यापार गर्ने समुदाय Gold Smith हरू पनि कालान्तरमा बजारमा देखिन थाले। पछि गएर यी Gold Smith ले नै जनसाधारणको विश्वास लिन थाले र मानिसहरूले आफ्नो सम्पत्तिको जिम्मेवारी यी Gold Smith लाई लगाउन थाले ।

जतिजति व्यवसायिक कारोबारहरू बढ्दै गए मानिसहरूलाई पूँजीको खाँचो पनि बढ्न थाल्यो । फलस्वरुप व्यावसायिक कारोबार बढी भएको ठाँउमा कर्जाको माग बढी हुन गएको कारणले गर्दा बैंकिङ संस्थाहरूको विकास हुन गयो । अतः बैंकिङ व्यवसायको विकास औद्योगिक व्यवसायको प्रारम्भसँगसँगै हुन गएको भन्ने स्पष्ट हुन आउँछ । यसरी एक व्यवसायले अर्को व्यवसायको विकासमा महत्वपूर्ण सहयोग पुयाएको देखिन्छ ।  


बैंकिङ व्यवसायको विकासलाई हेर्दा United States of America मा पहिला औद्योगिक

विकास भएको र सोको आवश्यकता पूरा गर्नकालागि बैंकिङ व्यवसायको विकास र

विस्तार भएको पाइन्छ । England मा भने पहिले बैंकिङ व्यवसायको विकास भयो

सोको पछिमात्र औद्योगिक क्रान्तिको प्रारम्भ भई औद्योगिक विकासको क्रम प्रारम्भ

भएको थियो । त्यसैले औद्योगिक विकास र बैंकिङ व्यवसाय विकासको अत्यन्तै गहिरो

सम्बन्ध भएको स्पष्ट हुन्छ ।


Post a Comment

Previous Post Next Post